काठमाडौं– २० वर्षमुनिको साफ च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ । यो खेल दिउँसो ३ बजेपछि ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।
हिजो भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराएर नेपाल फाइनलमा पुगिसकेको छ । उपाधिको लागि नेपालले आजको विजेता भारत वा बङ्गलादेशसँग खेल्नेछ ।
फाइनल खेल पर्सि बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप