अरूण तेस्रोमा ढुङ्गाले लागेर घाइते भएका मजदुरको मृत्यु

  • २०८१ भाद्र १०, सोमबार (३ हप्ता अघि)
  • ४१ पटक पढिएको
अरूण तेस्रोमा ढुङ्गाले लागेर घाइते भएका मजदुरको मृत्यु

काठमाडौं– सङ्खुवासभामा भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको ९ सय मेगावाटको अरूण तेस्रोमा कार्यरत मजदुरको ज्यान गएको छ । काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका बर्दिया ठाकुरबाबा नगरपालिका–९ का ४९ बर्षीय तुलसीराम थारुका उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

अरूण तेस्रोको अडिट–२ मा काम गरिरहेका बेला हिजो बेलुका ढुङ्गा खसेर लागेपछि गम्भीर घाइते भएका थारुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल खाँदबारीमा थप उपचारका लागि लगिएको थियो तर त्यहाँ डाक्टरहरुले उनलाई जाच्ने बित्तिकै मृत घोषणा गरेका थिए ।

अहिलेसम्म अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत २० जनाभन्दा धेरै मजदुरले ज्यान गुमाइसकेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट