काठमाडौं– मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरको बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ३ घण्टा मात्रै बन्द गर्ने भनिए पनि साढे ६ घण्टासम्म पनि खुलाइएको छैन ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायले बस निकाल्न नसकिएकाले बाटो खुल्न अझै केही घण्टा समय लाग्ने बताए ।
स्थानीय प्रहरी प्रशासनले तोकेको समय अवधिभन्दा बढी समयसम्म बाटो बन्द गरेर सवारी आवागमन बन्द गरिएपछि यात्रुहरु अलपत्र परेका छन् ।
यही भदौ ७ गते पोखराबाट भारतीय तिर्थयात्रीहरु लिएर काठमाडौं आउँदै गरेको भारतीय नम्बरको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप