काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक बिहान ८ बजेदेखि सुरू भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुनेछ ।
यसअघिको बैठकमा उनलाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो । त्यसअघि पनि उनलाई स्पष्टीकरण सोधिइसकेको छ । पार्टीको प्रतिवेदन मिडियामा चुहाएको, पार्टी हितविरूद्ध गतिविधि गरेको भन्दै उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको छ ।
उनलाई अब रास्वपाका साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लागिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप