‘नाडा अटो शो’ आजदेखि सुरू

  • २०८१ भाद्र ११, मंगलबार (३ हप्ता अघि)
  • ५० पटक पढिएको
‘नाडा अटो शो’ आजदेखि सुरू

काठमाडौं– गाडी प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ आजदेखि सुरू भएको छ । ६ दिनसम्म चल्ने मेलामा २४ वटा ब्राण्डका चार पाङ्ग्रे, १० ब्राण्डका दुई पाङ्ग्रे र १२ ब्राण्डका हल्का गाडी रहनेछन् ।

Advertisement

नाडाका अध्यक्ष करण चौधरीका अनुसार अटो शोमा ९५ वटा कम्पनीका लागि १ सय ३० वटा स्टलको व्यवस्था गरिएको छ ।

अहिलेसम्मका नाडा अटो शो मा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको बाहुल्यता रहेकोमा यसपटकको प्रदर्शनी विद्युतीय गाडी केन्द्रित भएको छ ।

प्रर्दशनीमा बीवाइडी, टाटा, हुन्डाई, एमजी, नेटा, स्काईवेल, किया, महिन्द्रा, दिपल, सेरेस, जीएसी एवोन, ओमोडा र सिट्रोन लगायत कम्पनीका विद्युतीय कार आकर्षणका रुपमा रहेका छन् ।

७५ हजार जनाले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट