मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाउने रास्वपाको निर्णय

  • २०८१ भाद्र ११, मंगलबार (३ हप्ता अघि)
  • ५४ पटक पढिएको
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाउने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

Advertisement

रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।

ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । ढकालले रास्वपालाई दिएको जवाफ स्पष्टीकरण नभई कुण्ठा व्यक्त गरिएको नेताहरुले बताएका छन् ।

असार २५ मा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेनन् ।

आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट