धादिङमा बस र माइक्रो एक आपसमा ठोक्किदा आठ जना घाइते

  • नेपाल पथ
  • २०८१ भाद्र ११, मंगलबार (२ हप्ता अघि)
  • १६११ पटक पढिएको
धादिङमा बस र माइक्रो एक आपसमा ठोक्किदा आठ जना घाइते

काठमाडौं– धादिङको कालुपाण्डेमार्ग अन्तरगत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाहमा बस र माइक्रो ठोक्किदा आठ जना घाइते भएका छन् ।

Advertisement

धादिङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९ ईभी भ्यान एक आपसमा ठक्कर खादा माइक्रोमा सवार ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

दुर्घटनामा परेर घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइ रहेको छ । दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको धादिङ अस्पतालका सुचना अधिकारी डाक्टर राम रिजालले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%२%१०%

खोजी गर्नुहोस

ताजा अपडेट