एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

  • २०८१ भाद्र ११, मंगलबार (३ हप्ता अघि)
  • ११५ पटक पढिएको
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् । अर्का प्रत्यासी घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि उनको मात्रै उम्मेदवारी रहेको छ ।

Advertisement

यद्यपि निर्वाचन समितिले उम्मेदवारी दर्ताको अन्तिम नामावली भने निकालिसकेको छैन । जारी केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्य निर्वाचनका लागि चुनाव भइरहेको छ ।

एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीका लागि चुनावी प्रक्रिया अघि बढेको हो । जसमा ६७ जनाले उम्मेदवारी दिएका छन् । केही पदमा उम्मेदवारी फिर्ताको क्रम चलिरहेको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट