सेयर बजार एकैदिन १११ अङ्कले घट्यो

  • २०८१ भाद्र ११, मंगलबार (३ हप्ता अघि)
  • ५६ पटक पढिएको
सेयर बजार एकैदिन १११ अङ्कले घट्यो

काठमाडौं – सेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो झन्डै ८० अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० विन्दुमा झरेको छ ।

Advertisement

आज होटल बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । यस्तै रिडी पावर कम्पनीको सेयर साढे आठ प्रतिशतले ओरालो लाग्दा र अन्य पाँच वटा कम्पनीको सेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय ३० वटा कम्पनीका चार करोड ३८ लाख कित्ता सेयर १८ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट