काठमाडौं– सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । मंगलबारको तुलनामा आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । मंगलबार १८ सय ५० रुपैयाँ रहेको चाँदी आज १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप