प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा

  • २०८१ भाद्र १२, बुधबार (२ महिना अघि)
  • ११८ पटक पढिएको
प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

गत सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायत उपस्थित थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गरेको आरोपमा मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं परिसरका एसपी नवराज अधिकारीले दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट