काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ सभामुख देवराज घिमिरेले प्रमाणित गरेका छन् । सभामुख घिमिरेले आज विधेयक प्रमाणित गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
यो विधेयक सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ । गएको साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको हो ।
अब सभामुखले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो विधेयकले कानूनको रूप लिनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप