सेयर कारोबार रकम आज उच्च अंकले घट्यो

  • २०८१ भाद्र १२, बुधबार (३ हप्ता अघि)
  • ५७ पटक पढिएको
सेयर कारोबार रकम आज उच्च अंकले घट्यो

काठमाडौं– आज सेयर बजार आज सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० विन्दुमा पुगेको छ ।

Advertisement

नेप्से दिउँसो सवा १२ बजे दुई हजार आठ सय ६० विन्दुमा पुगेको थियो । तर बजार बन्द हुने बेलामा निकै तल झरेर दुई हजार सात सय ८६ विन्दुमा आइपुग्यो ।

आज विकास बैंक, फाइनान्स, बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको सेयर बढेको छ । आज लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै तीन वटा कम्पनीका सेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

बजार समान्य बढेको दिन कर्णाली विकास बैंकको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम भने निकै घटेको छ । हिजो १८ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय २६ वटा कम्पनीका तीन करोड ५० लाख कित्ता सेयर १३ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट