गण्डकीमा ९ मन्त्रालय बनाउने सहमति, एमालेबाट ४ मन्त्री

  • २०८१ भाद्र १३, बिहिबार (२ हप्ता अघि)
  • ५२ पटक पढिएको
गण्डकीमा ९ मन्त्रालय बनाउने सहमति, एमालेबाट ४ मन्त्री

काठमाडौं– गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । सहमति अनुसार एमालेले ४ वटा मन्त्रालय पाउने भएको हो ।

Advertisement

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा बढी नबनाउने भनेपछि ९ मन्त्रालय सिमित बनेको हो । कांग्रेस–एमालेबीच १० मन्त्रालय बनाएर बाँडफाँड गर्ने कि ९ बनाउने भन्ने विवाद लामो समय चलेको थियो ।

कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच ९ मन्त्रालय बनाउने सहमति भइसकेको छ । मन्त्रालयसहित २÷४ दिनमा मन्त्रिपरिषदलाई पूर्णता नै दिने उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट