पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको मृत्यु, दुईजना घाइते

  • २०८१ भाद्र १४, शुक्रबार (२ महिना अघि)
  • ६७ पटक पढिएको
पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको मृत्यु, दुईजना घाइते

काठमाडौं– पाँचथरको फालेलुङ–५ मा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका चार जनामध्ये दुई जना बालबालिकाको ज्यान गएको छ । हिजो दिउँसो भएको विष्फोटमा स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षकी छोरी प्रिन्सा साँवा गम्भीर घाइते भएका थिए ।

Advertisement

उनीहरुको पाँचथर अस्पतलामा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो । थप उपचारको लागि झापातर्फ लैजाँदै गर्दा प्रिन्साको राति बाटोमै ज्यान गएको र ११ वर्षीय दिप्सनको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए ।

९ वर्षीय पवन राईको पाँचथर अस्पतालमा नै उपचार भइरहेको छ । घटनामा ७ वर्षीय दिपशा राई सामान्य घाइते भएकी र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेका बेला ठूलो आवाजमा केही पड्किएको सुनेपछि भेला भएका स्थानीयबासिन्दाले बालबालिकालाई घाइते अवस्थामा भेटेका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रमुख भण्डारीले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट