पेरिस पारा ओलम्पिक: पलेशाले नेपाललाई दिलाइन् ऐतिहासिक कास्य पदक

  • २०८१ भाद्र १५, शनिबार (२ महिना अघि)
  • ११९ पटक पढिएको
पेरिस पारा ओलम्पिक: पलेशाले नेपाललाई दिलाइन् ऐतिहासिक कास्य पदक

काठमाडौं– पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् ।

Advertisement

के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन् ।

नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल भइन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो । कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाइन ।

यसअघि पलेशाले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गरेकी थिइन् । सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले पराजित भएकी थिइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट