काठमाडौं– ललितपुर नख्खुबाट लागुऔषधसहित २ युवक पक्राउ परेका छन् ।
नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङलाई ललिपुर महानगरपालिका–२५ नख्खुबाट पक्राउ गरेको हो ।
भैसेपाटिबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल ६६ प्रयोग भएका तथा नभएका सिरिन्जहरू बरामद गरेको जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप