जलवायुसम्बन्धी यसवर्ष हुने सम्मेलन ‘जलवायु वित्त’ का विषयमा केन्द्रित हुने

  • २०८१ भाद्र १५, शनिबार (२ हप्ता अघि)
  • ४४ पटक पढिएको
जलवायुसम्बन्धी यसवर्ष हुने सम्मेलन ‘जलवायु वित्त’ का विषयमा केन्द्रित हुने

काठमाडौं– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रको २९औँ  सम्मेलन (कोप–२९) जलवायु वित्तका विषयमा बढी केन्द्रित हुने भएको छ । कोप–२९ आउँदो कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अरजरबैजानको बाकुमा हुँदैछ ।

Advertisement

वन तथा वतावरण मन्त्रालयको जलवायु परिवर्तत व्यवस्थापन महाशाखाका प्रमुख एवम् सहसचिव डा. बुद्धिसागर पौडेलले कोप–२९ मा ’क्लाइमेट फाइनान्स’ र ’कार्बन क्रेडिट’ विषयलाई अन्तिम रूपम दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्वपूर्ण हुने बताए ।

यस विषयमा नेपालले तयारीका लागि वातावरण संरक्षण नियमावली संशोधन प्रक्रियालाई अघि बढाएको, बजारमा कार्बन बेच्नका लागि स्विडेन र दक्षिण कोरियासँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढाएको र यसका लागि आवश्यक पर्ने निर्देशिका बनाउन समूह गठन गरिएको सहसचिव डा. पौडेलले जानकारी दिए ।

कोप–२८ को ठूलो उपलब्धिका रूपमा स्थापना गरिएको जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी कोष कार्यान्वयनमा आउन अझै केही समय लाग्ने भएको छ ।
हाल यो कोष कार्यान्वयनका लागि कार्यविधि, प्रक्रिया र मोडालिटी बनाउने काम भइरहेको छ । नेपाल सरकारले कोप–२९ को तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा सम्मेलनसँग सम्बन्धित सबै विषयमा निर्देशन र समन्वय गर्न उच्चस्तरीय निर्देशन समिति गठन गरेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट