अखिल (क्रान्तिकारी) धादिङको अध्यक्षमा श्रीकृष्ण रिजाल

  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • २०५ पटक पढिएको
अखिल (क्रान्तिकारी) धादिङको अध्यक्षमा श्रीकृष्ण रिजाल

काठमाडौं- अखिल (क्रान्तिकारी) जिल्ला समिति धादिङको अध्यक्षमा श्रीकृष्ण रिजाल चयन भएका छन् । २२ औं धादिङ जिल्ला सम्मेलनबाट रिजाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

समितिको वरिष्ठ उपाध्यक्षमा विवेक पोखरेल, उपाध्यक्षहरुमा सञ्जित सुवेदी, गणेश पाण्डे, अनिल उप्रेती, प्रयास घले, सचिवमा कविप्रसाद दुलाल, सह–सचिवहरुमा सपना दाहाल, दिपेश कार्की, मनिसा विक, र कोषाध्यक्षमा भावना कोइराला चयन भएका छन् । जिल्ला समितिमा ५५ सदस्यीय रहेको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष पञ्चा सिंह, माओवादी केन्द्रका केन्द्रीय नेताहरु पुष्पविक्रम मल्ल, शालिकराम जम्कट्टेल, रामबहादुर भण्डारी, अप्सरा सिंखडा, प्रदेश र जिल्लाका नेताहरुले २२ औं धादिङ जिल्ला सम्मेलनको सम्बोधन गरेका थिए ।

विद्यार्थीहरुको संगठन हो भन्ने आभाष हुने गरी काम गर्ने अखिल (क्रान्तिकारी) धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले बताए । ‘धादिङको शैक्षिक क्षेत्र सुधार गर्न र गुणस्तर शिक्षाका लागि पहल गर्नेछु’ उनले भने– ‘धादिङ उत्तरमा गणेश हिमालदेखि दक्षिणमा महाभारत र सघीय राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला हो । तर शैक्षिक क्षेत्रमा भनेजस्तो प्रगति र सुधार भएको छैन । अखिल (क्रान्तिकारी) सबै विद्यार्थीहरुको साझा संगठन बन्ने गरि काम गर्नेछु ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट