मुकुल ढकालले गरे रास्वपामा पुन: काम गर्ने मौका दिन माग गर्दै पुनरावेदन

  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • ५४ पटक पढिएको
मुकुल ढकालले गरे रास्वपामा पुन: काम गर्ने मौका दिन माग गर्दै पुनरावेदन

काठमाडौं– रास्वपाका निवर्तमान महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य डा. मुकुल ढकालले पुन: पार्टीमा काम गर्ने मौका दिन माग गर्दै पुनरावेदन दिएका छन् ।

Advertisement

पार्टी हित, आचरण प्रतिकूल हुने गरी कार्य गरेको भन्दै ढकाललाई असार २५ गते निलम्बन गरिएको थियो ।

साथै भदौ ११ गते राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई साधारण सदस्यबाट समेत बर्खास्त गरिसकेको छ ।

तथापि पार्टीले गरेको निर्णयअनुप र विधानको धारा ५७ अनुसार महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निर्णय पुनरवलोकन गर्न आफूले पुनरावेदन दिएको ढकालले बताएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट