सेयर बजारमा उच्च अंकको गिरावट, साढे १० अर्ब रुपैयाँको कारोबार

  • २०८१ भाद्र १६, आईतबार (२ महिना अघि)
  • ११० पटक पढिएको
सेयर बजारमा उच्च अंकको गिरावट, साढे १० अर्ब रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजारमा आज उच्च अङ्कको गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार ६ सय ९५ दशमलव ९३ विन्दुमा झरेको छ ।

Advertisement

आज म्युचल फन्ड समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर राताम्मे भएको छ । आज पिपुल्स हाइड्रो, माइखोला हाइड्रो र थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सुपर माई हाइड्रोपावर कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई करोड ६२ लाख ४६ हजार कित्ता सेयर १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुडविल फाइनान्सको ५२ करोड ३१ लाख रुपैयाँको सेयर खरिद÷बिक्री भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट