एलआईसी नेपाल धादिङले मनायो २३औं वार्षिक उत्सव

  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • ६५५ पटक पढिएको
एलआईसी नेपाल धादिङले मनायो २३औं वार्षिक उत्सव

काठमाडौं– लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०७५ सालमा धादिङको जिल्ला सदरमुकाम धादिङबेशीमा शाखा विस्तार गरेको धादिङ शाखाले आफ्नो कम्पनी २२ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको अवसरमा आइतवार वार्षिकोत्सव मनाएको हो ।

Advertisement

‘अटुट भरोसा एवं बीमित मैत्री व्यवहार, एलआईसी नेपालको सफलताको आधार’ भन्ने मूल मर्मका साथ नेपालमा ई.सं. २००१ मा स्थापना भएको हो । सफलतापूर्वक २३ औं वर्षमा प्रवेश गरेको अवसरमा धादिङ शाखाले केक काटेर कर्मचारी र अभिकर्ताविच छलफल गरी वार्षिक उत्सव मनाएको छ ।

वार्षिकोत्सवले जीवन बीमाको क्षेत्रमा अग्रणी कम्पनीको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण बीमितहरु, अभिकर्ताहरु तथा सुभेच्छुकहरुसँग खुषी साटासाट गर्ने एउटा अवसर मिलेको धादिङ शाखाका प्रवन्धक बसन्त रुपाखेतीले बताए । ‘जीवन सजह बनाउने र दुःखमा काम लाग्ने बिमाप्रति मानिसहरुको दिनानुदिन आकर्षण छ । हाम्रो कम्पनी विस्तारै युवा अवस्थामा प्रवेश गरेको छ’ उनले भने– ‘हाम्रो जिम्मेवारी पनि थपिएको छ । धादिङमा पनि लाखौंको संख्यामा बीमितहरु हुनुहुन्छ । एउटा विश्वासिलो विमा कम्पनीको रुपमा टिकाइराख्नेछौं ।’

बीमा क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आयको लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्नो २२ वर्ष सफलता पुर्वक पार गरी २३ औं वर्षमा प्रवेश गरेको हो । उक्त कम्पनीले नेपालभर ७६ वटा शाखा विस्तार गरि सकेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    खोजी गर्नुहोस

    ताजा अपडेट