धादिङको सांकोषमा खुल्ला तीज गीत प्रतियोगिता, पशुपति मावि प्रथम

  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • ७७६ पटक पढिएको
धादिङको सांकोषमा खुल्ला तीज गीत प्रतियोगिता, पशुपति मावि प्रथम

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–१२ सांकोषमा कला संस्कृति जगेर्ना गर्ने उदेश्यले तीज गीत प्रतियोगिता गरिएको छ । हरितालिका तीजको अवसरमा भएको खुल्ला तीज गीत प्रतियोगितामा श्री पशुपति माध्यामिक विद्यालय प्रथम भएका छन् ।

Advertisement

त्यस्तै, सावित्री ढकालको समुह द्धितिय र साउनेपानी टोल विकास समिति तृतीय भएका छन् । प्रतियोगितामा सात वटा समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समुहलाई नगद क्रमशः ५ हजार, ३ हजार, २ हजारसहित प्रमाण–पत्रबाट पुरस्कृत गरिएको थियो ।

महिलाको हकहित र शशक्तिकरण जस्ता क्षेत्रमा नगरपालिकाले काम गरिरहेको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माण जस्तै महिला दिदिबहिनीहरुको लागि पनि नगरपालिकाले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ । खुल्ला तीज गीत प्रतियोगिताको सम्बोधन गर्दै नगरप्रमुख ढुंगानाले यस्तो बताएका हुन् । ‘महिलाहरु पछाडी नपरुन भनेर महिला शशक्तिकरण र आय आर्जनसँग जोड्न तालिम दिएका छौं । व्यवसाय गर्न महिलाहरुको लागि ६ प्रतिशत व्याजमा अनुदान, महिलाहरुको क्षमता बढाउने तथा आय आर्जनसँग जोड्न विभिन्न तालिम, सुत्केरी भाडा लगायतका क्षेत्रमा नगरपालिकाले काम गरिरहेको छ’ उनले भने ।

तीज पर्व स्थानीय कला संस्कृति जगेर्ना गर्ने र दिदिबहिनीका सुखदुख आदानप्रदान गर्ने पर्व भएकोले वडाले प्रतियोगिताको आयोजना गरेको नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले बताए । ‘एक त रमाइलो पनि हुने, अर्काे वर्षभरि दुख गर्ने दिदिबहिनीहरु जम्काभेट भएर गीतको माध्यमबाट सुखदुख साटासाट गर्छन्’ उनले भने– ‘हरेक वर्ष तीज गीत प्रतियोगिता गर्दै आएका छौं । यस्तै प्रतियोगिताबाट राष्ट्रले कमला घिमिरे जस्तो कलाकार पायो । अन्य विकास निर्माणका काम जस्तै कला र गलाको सम्मान अनि संस्कृति जगेर्णामा वडाले काम गरिरहेको छ ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट