पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

  • २०८१ भाद्र १७, सोमबार (२ महिना अघि)
  • १०६ पटक पढिएको
पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

काठमाडौं– पहिरोले पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्णरुपमा खुलेको छ । अविरल वर्षाका कारण गएको भदौ १२ गते बुधवारदेखि अवरुद्ध कर्णाली राजमार्ग हिजो बेलुकादेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

Advertisement

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोला र दहीखोलामा आएको पहिरो हिजो हटाएपछि सडक खुलेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन् ।

वर्षाका कारण दहीखोला, मालचौर यासमोड, मेअरखोला, गगनेखोलासहितका विभिन्न ठाउँमा पहिरो जाँदा सडक बन्द भएको थियो ।

सडक खुलेपछि पहिलो प्राथमिकतामा स्याउ बोकेका मालवाहक ट्रकलाई प्राथमिकताका साथ पठाउने काम भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट