काठमाडौं – बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको ज्यान गएको आशङ्का गरिएको छ ।
नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा झाडापखाला फैलिएको छ । गाउँमा केही बिरामी परेका छन् । बिरामीमध्ये चारजनाको ज्यान गए पनि झाडापखालाबाट ज्यान गएको भन्ने आधिकारीक पुष्टि हुन बाँकी नै रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेशबाबु श्रेष्ठले बताए ।
भारतीय सीमासँग जोडिएको गेगलीमा झाडापखालाका कारण १० जनाभन्दा धेरै बिरामी भएका छन् । त्यहाँ झाडापखाला फैलिएको जानकारीमा आएको तर झाडापखाला नै मुख्य कारण हो वा होइन भन्ने यकिन गर्न आज स्वास्थ्यकर्मीसहितको टोली खटिने उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप