काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा आइतबारदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा सो पुस्तकालय सञ्चालनमा आएको हो ।
‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आव्हान गरेका थिए ।
आव्हानबमोजिम अहिले पुस्तक उपहार दिने क्रम जारी रहेको छ ।