नेप्से एकैदिन १ सय २७ अङ्कले बढेर २८ सय विन्दुमाथि

  • २०८१ भाद्र १७, सोमबार (२ हप्ता अघि)
  • ४३ पटक पढिएको
नेप्से एकैदिन १ सय २७ अङ्कले बढेर २८ सय विन्दुमाथि

काठमाडौं – केही दिनयता घटिरहेको सेयर बजार आज उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज एक सय २७ दशमलव ३२ विन्दुले बढेर दुई हजार आठ सय २३ दशमलव २५ विन्दुमा पुगेको छ ।

Advertisement

आज सबै समूहको सेयर बढेकोमा बीमा, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नौ वटा कम्पनीका सेयर १० प्रतिशतले बढेको छ । यस्तै आठ वटा कम्पनीका सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लक्ष्मी उन्नति कोषको सेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज तीन सय ३५ वटा कम्पनीका तीन करोड १४ लाख कित्ता सेयर १३ अर्ब १० करोड रुपैयाँमा कारोबार भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट