वर्ल्ड लिङ्क गजुरी शाखाद्धारा भन्द्रकाली गुरुकुल वृद्धाश्रमलाई खाद्यान्न वितरण

  • २०८१ भाद्र १७, सोमबार (२ हप्ता अघि)
  • ९७ पटक पढिएको
वर्ल्ड लिङ्क गजुरी शाखाद्धारा भन्द्रकाली गुरुकुल वृद्धाश्रमलाई खाद्यान्न वितरण

धादिङ–वर्ल्ड लिङ्क कम्यूनिकेशन लिमिटेड गजुरीले मलेखुमा रहेको भन्द्रकाली गुरुकुल वृद्धाश्रमलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । बुबाको मुख हेर्ने दिन अर्थात (कुशेऔशी) पर्वको अवसर पारेर वृद्धाश्रमलाई खाद्यान्न वितरण गरेको हो ।

Advertisement

सोमबार एक कार्यक्रमका विच वृद्धाश्रमलाई दाल, चामल, चिनी, चियापति, नुन, तेल, विस्कुट, स्याउ, केरा लगायत खाद्यान्न तथा फलफुल वितरण गरिएको गजुरी शाखाका शाखा प्रबन्धक इशाहक पुडासैनीले बताए । ‘केही दिन अघि इन्टरनेट जोड्न मलेखु गएका थियौं । मलेखुमा वृद्धाश्रम भएको थाहा पायौं’ उनले भने– ‘हाम्रो कम्पनीले देशैभर विभिन्न सामाजिक कार्य गर्दै आएको छ । धादिङमा पनि यस्ता सामाजिक काम गरेका छौं । सेवा नै धर्म हो भन्ने मर्मका साथ वृद्धाश्रमलाई खाद्यान्न उपलब्ध गरायौं । वृद्धवृद्धा बुबा आमाहरुको लागि सहयोग गर्न पाउँदा खुषी लागेको छ ।’

विगत पाँच वर्षदेखि वर्ल्ड लिङ्क गजुरी शाखाले गजुरी, मलेखु लगायत आसपासका क्षेत्रमा इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ । वर्ल्ड लिङ्कको इन्टरनेट सेवा राम्रो र गुणस्तर भएकोले पनि ग्राहकको आकर्षण बढेको उनले बताए । ‘धादिङको प्राय ठाउँमा हाम्रो सेवा पुगिसकेको छ । केही स्थानहरुमा पुर्याउन बाँकी छ । दुर्गम क्षेत्रहरुमा पनि हाम्रो सेवा विस्तार गर्ने लक्ष्य रहेको छ’ उनले भने ।

२०६३ सालमा स्थापना भएको भन्द्रकाली गुरुकुल वृद्धाश्रममा १३ जना वृद्धवृद्धा र करिव १५ बटुक बस्दै आएका छन् । वर्ल्ड लिङ्क कम्यूनिकेशन लिमिटेड गजुरी शाखाले केक काटेर बुबाको मुख हेर्ने दिन अर्थात (कुशेऔशी) पर्व पनि मनाइदिएका हुन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट