बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्नेे निर्णयमा चिकित्सक सङ्घको आपत्ति

  • २०८१ भाद्र १८, मंगलबार (१ हप्ता अघि)
  • ५३ पटक पढिएको
बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्नेे निर्णयमा चिकित्सक सङ्घको आपत्ति

काठमाडौं– नेपाल चिकित्सक सङ्घले सार्वजनिक बिदाका दिनमा पनि अस्पतालहरूलाई बहिरङ्ग सेवा सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।

Advertisement

२०४८ सालदेखि सरकारी अस्पतालहरूमा दरबन्दी नथपिएको र सेवा सुविधाहरू ज्यादै न्यून रहेको अवस्थामा बिदाको दिन पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिनु आपत्तिको विषय भएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनहरूमा समेत बहिरङ्ग सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यावहारिक तथा अवैज्ञानिक भएकोले निर्णय फिर्ता लिन चिकित्सक सङ्घले माग गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले व्यक्तिको श्रम अवधि हप्ताको ४० घण्टा तोकेको भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन स्मरण गराउँदै सङ्घले पर्याप्त आराम गर्न नदिई बिदाका दिनमा समेत बहिरङ्ग सेवा सुरू गरेमा धेरै समस्या आउने जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट