चीनमा स्कुल बसले किचेर पाँच विद्यार्थीसहित ११ जनाको मृत्यु

  • २०८१ भाद्र १८, मंगलबार (१ हप्ता अघि)
  • ५१ पटक पढिएको
चीनमा स्कुल बसले किचेर पाँच विद्यार्थीसहित ११ जनाको मृत्यु

एजेन्सी– चीनमा विद्यालयको बसले भिडलाई किच्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ । यो घटना शान्तोङ प्रान्तको भएको त्यहाँका सरकारी सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

Advertisement

मर्नेमा पाँच जना विद्यार्थीसमेत रहेको बताइएको छ । अन्य कयौं घाइते भएको र यी मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । ताइयान शहरको एउटा विद्यालयबाहिर गेटमा उभिरहेका विद्यार्थी र अभिभावकलाई विद्यालयकै बसले किचेको थियो ।

चालकले बसमा नियन्त्रण गुमाउँदा सो दूघर्टना भएको बताइएको छ । चालकलाई प्रहरीले हिरासतमा लिएर यस घटनाबारे छानबिन गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट