काठमाडौं– सेयर बजार आज सामान्य बढेको छ । दिनभरको उतारचढावका बीच सेयर बजार परिसूचक नेप्से ६ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० दशमलव १६ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, होटल, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको सेयर घटेको छ । आज १० वटा कम्पनीका सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमालयन पावर पार्टनर र दोल्ती पावर कम्पनीको सेयर भने आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज तीन सय २८ वटा कम्पनीका तीन करोड पाँच लाख कित्ता सेयर १३ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप