यी चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

  • २०८१ भाद्र १९, बुधबार (१ हप्ता अघि)
  • ४३ पटक पढिएको
यी चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं– मनसुनी वायुको प्रभावले देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।

Advertisement

कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएराति ठूलो पानी परेको थियो । महाशाखाले कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको जनाएको छ ।

आज दिउँसो पनि कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट