नेपालले क्यानडामा टी–२० श्रृङ्खला खेल्ने

  • २०८१ भाद्र १९, बुधबार (१ हप्ता अघि)
  • ४५ पटक पढिएको
नेपालले क्यानडामा टी–२० श्रृङ्खला खेल्ने

काठमाडौं– नेपालले क्यानडामा त्रिदेशीय टी–२० श्रृङ्खला खेल्ने भएको छ । क्यानडा क्रिकेटले आज खेलतालिका समेत सार्वजनिक गरेको छ । विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलापछि नेपाल, क्यानडा र ओमानले टी–२० श्रृङ्खला खेल्ने भएका हुन् ।

Advertisement

तालिका अनुसार भदौ ३१ देखि असोज १० सम्म एकदिवसीय श्रृङ्खला र असोज १२ देखि १७ गतेसम्म टी–२० श्रृङ्खला हुनेछ ।

टी–२० श्रृङ्खलाको पहिलो खेलमा असोज १२ मा नेपालले घरेलु टोलीसँग, दोस्रो खेलमा असोज १३ मा ओमानसँग, तेस्रो खेलमा असोज १५ मा क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।

क्यानडामा हुने खेल अघि अहिले नेपाली क्रिकेट टोली अभ्यासका लागि श्रीलङ्कामा छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट