मोरङमा केरा बगानभित्र दुई जना नाबालिग मृत फेला, आमा पक्राउ

  • २०८१ भाद्र १९, बुधबार (१ हप्ता अघि)
  • ४७ पटक पढिएको
मोरङमा केरा बगानभित्र दुई जना नाबालिग मृत फेला, आमा पक्राउ

काठमाडौं– मोरङमा दुई जना नाबालिग मृत भेटिएको घटनामा आमा पक्राउ परेकी छन् ।

Advertisement

मोरङ सुन्दरहरैँचा नगरपालिका–७ मा केरा बगानभित्र गएको शनिवार एक वर्ष र तीन वर्षका नाबालिग मृत भेटिएका थिए । ती नाबालिगको आमा अस्मिता कार्की बेपत्ता भएकोमा आज बिहान झापाको बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाको स्वास्थ्य अवस्था नाजुक रहेकाले उपचारका लागि विराटनगरको कोशी अस्पताल पु¥याएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

आमा अस्मिताले शुक्रवार दुई छोरीलाई सँगै लिएर हिँडेको तर छोरीहरूको शव शनिवार फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट