सुकेटार विमानस्थलमा तीन महिनापछि उडान सुरु

  • २०८१ भाद्र १९, बुधबार (१ हप्ता अघि)
  • ४१ पटक पढिएको
सुकेटार विमानस्थलमा तीन महिनापछि उडान सुरु

काठमाडौं – प्रतिकूल मौसमका कारण तीन महिनादेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान सुरु भएको छ ।

Advertisement

नेपाल वायु सेवा निगमले आजदेखि सुकेटारमा पुनः उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए ।

निगमले यसअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुन सकिरहेको थिएन । निगमले अहिलेलाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ ।

बर्खायाम सुरु भएपछि गएको जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । उडान सुरु भएपछि दसैं तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसममा यात्रु र पर्यटकलाई सहज हुने अपेक्षा छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट