मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी

  • २०८१ भाद्र १९, बुधबार (१ हप्ता अघि)
  • २०० पटक पढिएको
मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी

धादिङ– धादिङमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी भएका छन् । राष्ट्रसेवक कर्मचारी र पत्रकारविच भएको मैत्रीपूर्ण खेलमा १०–६ गोलले पत्रकारको समुह विजयी भएका हुन् ।

Advertisement

 

निजामती सेवा दिवसको अवसरमा बुधबार विहान धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा पत्रकार र निजामती कर्मचारीबिच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको हो । आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले बताए ।

यो फुटसल खेलले राष्ट्रसेवक हामी कर्मचारी र राज्यको चौथो अंग पत्रकारहरुविच अझै सम्बन्ध प्रगाढ बनेको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । ‘पत्रकारहरुसँगको सम्बन्ध अझै प्रगाढ बनाउन समन्वय गरेर विभिन्न कार्यक्रमहरु गरिरहेका हुन्छौं । गत वर्षहरुमा पनि निजामती कर्मचारी दिवसकै अवसरमा मैत्रीपूर्ण फुटबल खेल खेलेका थियौं’ उनले भने– ‘खेल हो हारजित त भइ हाल्छ । तर खेलले आत्मियता र सम्बन्धमा थप प्रगाढ बनाएको छ । आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेका छौं । पत्रकार मित्र र नेपाल पत्रकार महासंघप्रति हामी आभारी छौं ।’

व्यवसायिक र सिर्जनशिल प्रशासन, विकास, समृद्धि र सुशासन भन्ने मूल मर्मका साथ २०८१ मनाइ रहेको छ । भदौ १७ र १८ गते राष्ट्रसेवक कर्मचारीविच व्याडमिन्टन प्रतियोगिता, १८ गते राष्ट्रसेवक महिला कर्मचारीविच फुटसल प्रतियोगता, १९ गते राष्ट्रसेवक कर्मचारी र पत्रकारविच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भइ सकेको कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले बताए । त्यस्तै, भदौ २० गते वृक्षारोपण कार्यक्रम र २२ गते आमाको माया छात्रावासलाई खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट