धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु

  • २०८१ भाद्र २०, बिहिबार (१ हप्ता अघि)
  • ४२ पटक पढिएको
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु

काठमाडौं– धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर ज्यान गएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर हिजो बेलुकी उनीहरूको ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

Advertisement

ज्यान गुमाउनेहरुमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन् । मावलीतर्फका हजुरबुवा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ ।

मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट