तीज पर्व सुरु, यस्तो छ पौराणिकता

  • २०८१ भाद्र २०, बिहिबार (१ हप्ता अघि)
  • ७१ पटक पढिएको
तीज पर्व सुरु, यस्तो छ पौराणिकता

काठमाडौं– नेपाली नारीहरुको हरितालिका (तीज) आजबाट सुरु गरिदै छ । विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएर सुरु हुदैछ ।

Advertisement

चार दिनसम्म चल्ने तीज पर्वमा आज माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेष गरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।

विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चार माध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजको गीत भारतीय टेलिभिजन च्यानलमा प्राथमिकताका साथ देखाउन थालिएको छ । अध्ययन, वैदेशिक रोजगारको शिलशिला तथा अन्य कारणले नेपाल बाहिर रहेका नेपाली चेलीहरुले पनि तीज भव्य रुपमा मनाएको पाइन्छ ।

महिलाले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले गीत मार्फत पोख्ने गरेका छन् ।

पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडक भडक हुने गरेको गुनासो सुनिन थालेको छ । गीत संगीत पनि उच्छृङ्खल आउने गरेको, एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा फैलिएको गुनासो आउन थालेको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा गरिएको छ ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगि कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरेको विषय पुराणमा उल्लेख गरिएको छ ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

यस्तो धार्मिक तथा पौराणीक कतथा तथा इतिहास बोकेको तीज पर्व सभ्य र खुषी साटासाट गरि मनाउनु पर्ने विज्ञहरु बताउँछन् । तडक भडक तथा भड्किलो बन्दै गएको तीजलाई नयाँ पुस्ताले संस्कृति र संस्कारको रुपमा जर्गेना गर्नुपर्ने उनीहरुको भनाई छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट