रोनाल्डो बने कीर्तिमानी ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी

  • २०८१ भाद्र २१, शुक्रबार (१ हप्ता अघि)
  • ३६ पटक पढिएको
रोनाल्डो बने कीर्तिमानी ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी

काठमाडौं– पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले करियरको ९०० गोलको कीर्तिमानी पूरा गरेका छन् ।

Advertisement

नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा क्रोयशियाविरूद्ध गोल गर्दै रोनाल्डोले आफ्नो करियरको ९०० गोल पूरा गरेका हुन् ।
फुटबल करियरमा ९ सय गोल पूरा गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

क्रोयशियाविरूद्धको खेलमा रोनाल्डोले नुनो मेन्डिसको पासमा ३४ औ मिनेटमा गोल गरेका थिए । उनको गोलसँगै पोर्चुगल लिगमा विजयी सुरूवात गरेको छ ।

९०० गोल पूरा गर्दा ३९ वर्षीय रोनाल्डो भावुक भएका थिए । रोनाल्डोले ९०० गोल पूरा गर्दा १२ सय ३६ खेल खेलेका छन् ।

उनले स्पेनिस क्लव रियल म्याड्रिडका लागि सबैभन्दा धेरै ४५० गोल गरेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट