गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइडको मृत्यु, एकजना घाइते

  • २०८१ भाद्र २१, शुक्रबार (१ हप्ता अघि)
  • ३४ पटक पढिएको
गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइडको मृत्यु, एकजना घाइते

काठमाडौं – बर्दियामा गैंडाको आक्रमणबाट एक जना टुरिस्ट गाइडको ज्यान गएको छ । एक जना विदेशी पर्यटक घाइते भएका मधुवन नगरपालिका–१ का अध्यक्ष मीनबहादुर थापाले जानकारी दिए ।

Advertisement

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा डिभिजन वन अन्तर्गतको बीचमा पर्ने मधुवन–१ डल्लाको शिव सामुदायिक वनभित्र गैंडा अवलोकनका क्रममा आक्रमणबाट ३६ वर्षीय टुरिस्ट गाइड ठाकुरबाबा नगरपालिका–९ का मनमोहन चौधरीको ज्यान गएको हो । गैंडाको आक्रमणबाट ५६ वर्षीय अमेरिकी पर्यटक सावन मेक लेन्डोन घाइते भएका निकुञ्जका सूचना अधिकारी पुरुषोतम वाग्लेले बताए ।

शिव सामुदायिक वनका वन हेरालु थेङ्चु थारुसहित टुरिस्ट गाइड मनमोहन चौधरी र विदेशी पर्यटक गैंडा अवलोकनका लागि आज बिहान सामुदायिक वनभित्र गएका बेला ८ बजेतिर आक्रमण गरेको वडाध्यक्ष थापाले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट