टिकटकमाथिको प्रतिबन्ध हटाउन सबै सेवा प्रदायकलाई दुरसञ्चार प्राधिकरणको निर्देशन

  • २०८१ भाद्र २१, शुक्रबार (१ हप्ता अघि)
  • ३४ पटक पढिएको
टिकटकमाथिको प्रतिबन्ध हटाउन सबै सेवा प्रदायकलाई दुरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं – दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दुरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाएको जानकारी गराएको छ ।

Advertisement

१५ दिन अघि नै मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको भए पनि प्राधिकरणले औपचारिक जानकारी गराएको थिएन । केही सेवा प्रदायकले सरकारको निर्णयकै आधारमा टिकटक खुला गरेका भए पनि धेरैले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना निकालेर सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो । टिकटकले सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै गएको वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट