चीनको हाइनानमा दशवर्षयताकै शक्तिशाली आँधी

  • २०८१ भाद्र २२, शनिबार (१ हप्ता अघि)
  • ६७ पटक पढिएको
चीनको हाइनानमा दशवर्षयताकै शक्तिशाली आँधी

एजेन्सी– चीनको दक्षिणमा रहेको हाइनान एक दशकयताकै शक्तिशाली आँधीबाट प्रभावित भएको छ । बेगसहितको हावा र मुसलधारे पानीले जनजीवन प्रभावित बनाएको छ । चीनको मौसम विभागले शरद ऋतुमा आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

Advertisement

सुपर टाइफुन ‘यागी’ हिजो स्थानीय समय अनुसार ४ बजे दुई सय २३ किलोमिटर प्रतिघण्टाको दरमा वेनचाङ शहरमा प्रवेश गरेको थियो ।

यो आँधी आउनुअगावै हाइनान टापुका झण्डै चार लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो । रेल, डुङ्गा र उडान निलम्बित गरिएको थियो । स्कूलहरू पनि बन्द रहेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट