धुलिखेल–खावा सडकमा थप दुईदिन टिप्पर लगायत मालबाहक गाडी चलाउन रोक

  • २०८१ भाद्र २२, शनिबार (१ हप्ता अघि)
  • ४२ पटक पढिएको
धुलिखेल–खावा सडकमा थप दुईदिन टिप्पर लगायत मालबाहक गाडी चलाउन रोक

काभ्रे – सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकमा थप दुई दिन टिप्पर लगायत मालबाहक गाडी चलाउन रोक लगाएको छ ।

Advertisement

सडक मर्मत कार्यका लागि अस्ति र हिजो गरी दुई दिन मालबाहक गाडीलाई रोक लगाएकोमा काम नसकिएपछि आज र भोलिका लागि समय थप गरेको कार्यालयले जनाएको छ ।

काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको स्वाशासित क्षेत्र तिब्बत जोड्ने तातोपानी नाका पुग्ने प्रमुख सडक यही हो । जीर्ण बन्दै भएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको छ ।

मालबहाक गाडीको भारबहन क्षमतालाई ख्याल गरेर बलियो बनाउन नेपालमा नै पहिलोपटक धुलिखेल खावा सडकमा ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने र दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गर्ने योजना रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट