धादिङबेशीका नेवार समुदायद्धारा विधिवत् रुपमा लाखे जात्राको समापन

  • २०८१ भाद्र २२, शनिबार (१ हप्ता अघि)
  • २२८ पटक पढिएको
धादिङबेशीका नेवार समुदायद्धारा विधिवत् रुपमा लाखे जात्राको समापन

काठमाडौं– धादिङबेशीका नेवार समुदायले शनिवार लाखे जात्रा (लाखेनाच)को विधिवत रुपमा समापन गरेका छन् । जनैपूर्णिमाको दिनदेखि सुरु गरिएको लाखे जात्रा शनिवार श्रीकृणले शिर छेदन तथा विधिवत रुपमा पुजा आजा गरि समापन गरिएको हो ।

Advertisement

मन्दिरमा विधिवत् रुपमा पूजागरी लाखेमा प्रयोग हुने ढोल, मुकुन्डो, लाखेले लगाउने कपडा लगायत सामग्रीकोसमेत पूजागरी जात्रा सुरु गरिएको थियो । सोहि रिति तथा परम्परा अनुसार आज पनि पुजागरि समापन गरिएको झिंगु नेवा समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

हरेक वर्ष जनैपूर्णीमा (रक्षाबन्धन)को दिन देखि तिजको भोलिपल्टसम्म चल्ने परम्परागत लाखे जात्रा शनिबार सकिएको हो । भगवान श्रीकृष्णले दानवीय स्वरुपको लाखेलाई शिर छेदन गरेसँगै जात्रा अन्त्य हुने गर्दछ । भगवान श्रीकृष्णले भयंकर राक्षसी भुतलाई बासुरी बजाएर मायाँजालमा पारेर लाखे मारिएको विश्वास छ । राक्षसले जनतालाई दुख नदेओस् भनेर लाखे जात्रा निकालेर यसको अन्त्य गर्ने परम्परा चलिआएको छ ।

लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । जात्रामा पियानो किबोर्ड, धा बाजा बजाएर लाखेनाच लगाइएको थियो । कला, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्ने र पछिल्लो पुस्तामा पुर्याउने उद्देश्यले जात्रा मनाउदै आएको श्रेष्ठले बताए ।

राजा गुणकाम देवको पाला देखि लाखे जात्रा सुरु गरिएको भएता पनि राजा प्रताप मल्लको पाला देखि राक्षसको स्वरुपमा मुकुट लगाई कालिकाको वस्त्र धारण गरि लाखे नाँँच नाच्ने गरिएको पाइन्छ । काठमाण्डौं उपत्यकाबाट सुरु भएको यो जात्रा नेपाल अधिराज्यभर नेवार वस्तीहरुमा हुने गरेको छ । धादिङमा वि स २०६२ सालमा नेवार समुदायको आधिकारीक जिल्ला स्तरीय संस्था झिंगु नेवाः समाज, धादिङ स्थापना भएपछि सोहि संस्थाको पहलमा विभिन्न स्थानहरुमा लाखे जात्रा सञ्चालन हुदैं आएको छ ।

 

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट