ढुङ्गासहितको माटो खसेपछि कर्णाली राजमार्ग फेरि बन्द

  • २०८१ भाद्र २३, आईतबार (१ हप्ता अघि)
  • ३५ पटक पढिएको
ढुङ्गासहितको माटो खसेपछि कर्णाली राजमार्ग फेरि बन्द

काठमाडौं– कर्णाली राजमार्ग फेरि बन्द भएको छ । पानी परेपछि हिजो बेलुका कर्णाली राजमार्गको शुभकालीका–१ एसमोडमा ढुङ्गासहितको माटोले राजमार्ग अवरुद्ध छ । त्यस्तै गगनेखोलामा सडक भत्केको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले जानकारी दिए ।

Advertisement

उनका अनुसार सडक पूर्णरूपमा अवरुद्ध छ । बन्द सडक खुलाउन प्रयास भइरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।

यसअघि गएको भदौ १२ गते बाढीपहिरोले बन्द सडक पाँच दिनपछि खुलेको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट