थारू समुदायले आज दिदीबहिनीका लागि व्रत बसेर अटवारी पर्व मनाइँदै

  • २०८१ भाद्र २३, आईतबार (१ हप्ता अघि)
  • ३३ पटक पढिएको
थारू समुदायले आज दिदीबहिनीका लागि व्रत बसेर अटवारी पर्व मनाइँदै

काठमाडौं– पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदै छन् । यो पर्व आइतवार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो ।

Advertisement

महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनबासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा भीमको पूजा गरी अटवारी पर्व मनाउन सुरु भएको कैलालीको घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए ।

अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतवारका दिन मनाइन्छ । उनकाअनुसार अटवारी विशेषगरी दुई दिन मनाउने गरिन्छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । शनिवारको राति भिन्सर्या (दर भात) खाने चलन छ ।

आज पहिलो दिन दिनभर व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन भोलि बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट