नयाँ मापदण्ड अन्तर्गत पर्ने कुनै घर भत्किने छैनः मेयर बालेन

  • २०८१ भाद्र २३, आईतबार (१ हप्ता अघि)
  • ३८ पटक पढिएको
नयाँ मापदण्ड अन्तर्गत पर्ने कुनै घर भत्किने छैनः मेयर बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार काठमाडौंका कुनै पनि घर नभत्किने बताएका छन् ।

Advertisement

सर्वोच्च अदालतले खोला किनाराबाट दायाँबायाँ थप २०–२० मिटरमा संरचना बनाउने नपाइने आदेश दिएपछि महानगरले उक्त आदेश कार्यान्वयनका लागि सूचना निकालेको थियो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंको नयाँ मापदण्डअन्तर्गत पर्ने घर कुनै भत्किने छैन निश्चित रहनुहोस् । भत्काउनै परे सरकारले मुआब्जा दिनुपर्छ । ५० वर्ष पहिलेको तीनकुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईंहरूलाई दिन नि सक्दैन, भत्काउन नि सक्दैन । तपाईंको लागि हामी छँदैछौं, संघीय सरकारलाई दबाब दिनुहोस्– नियम परिवर्तनका लागि।’

जब नियम परिवर्तन हुन्छ सोहीअनुसार महानगरले फेरि सूचना जारी गर्ने पनि उनले बताएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट