मनास्लु जाने पर्यटकलाई चुमनुब्री गाउँपालिकाले शुल्क लिने

  • नेपाल पथ
  • २०८१ भाद्र २३, आईतबार (१ हप्ता अघि)
  • ४२ पटक पढिएको
मनास्लु जाने पर्यटकलाई चुमनुब्री गाउँपालिकाले शुल्क लिने

काठमाडौं– गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु क्षेत्र जाने पर्यटकबाट शुल्क लिने निर्णय गरेको छ ।

Advertisement

राष्ट्रिय प्रकृति संरक्षण कोष र अध्यागमन विभागले उठाउने पदयात्रा शुल्क गाउँपालिकालाई प्राप्त नभएकोले गाउँपालिकाले आर्थिक ऐन २०८१ अनुसार पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले मनास्लु क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ र नेपाली नागरिकबाट प्रतिव्यक्ति शुल्क दुई सय रुपैयाँ शुल्क उठाउने निर्णय भएको जानकारीसहितको पत्र जिल्ला, प्रदेश र संघीय सरकार मातहतका निकायलाई पठाएका छन् ।

गाउँपालिकाले भदौ २० गते जनप्रतिनिधि, राजनीतिक दलहरू, पर्यटन व्यवसायी र सरोकारवालाबीच छलफल गरेर शुल्क लिने निर्णय गरेको भन्दै भदौ २१ गते विभिन्न निकायमा बोधार्थ दिइएको गाउँपालिकाले जनाएको छ ।

पर्यटकबाट लिइने शुल्कबाट मनास्लु क्षेत्रको पर्यटन र वातावरण संरक्षणका लागि लगानी गरिने पनि गाउँपालिकाले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट