छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ भाद्र २३, आईतबार (१ हप्ता अघि)
  • १०२ पटक पढिएको
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– चितवन र दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

Advertisement

चितवनको भरतपुर महानगरपालिका–२९ चुनेखोलास्थित सडकमा ना.८ ख ५९६१ नम्बरको ट्रकमा बा.प्र.०३–००२ प ६१७८ नम्बरको स्कुटर ठक्कर खाई शनिबार राती दुर्घटना हुँदा स्कुटर चालक तनहुँ घाँसीकुवा गाउँपालिका–६ बस्ने ३७ वर्षीय कृष्ण बहादुर थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता दाङको तुल्सीपुर उपमहानगरपालिका–११ हसनापुरमा तुल्सीपुरबाट बेल्टाकुरातर्फ जाँदै गरेको रा.५ प ८००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१५ बस्ने २० वर्षीय शिशिर रोकाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट