त्रिभुवन विमानस्थलबाट सुनसहित दुईजना पक्राउ

  • २०८१ भाद्र २५, मंगलबार (१ हप्ता अघि)
  • ६० पटक पढिएको
त्रिभुवन विमानस्थलबाट सुनसहित दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका–१ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ घर भएका ३० वर्षीय देवराज खत्री छन् ।

Advertisement

दोहाबाट काठमाडौं आएका अहमदको साथबाट प्रहरीले ५४ ग्राम सुनको ढिक्का, औँठी र मोबाइल बरामद गरेको छ । भन्सार छलेको सुन अवैध तरिकाले सङ्कलन गरेर लैजान लागेको अवस्थामा २५ ग्राम तौल बराबरको सुनको सिक्री, मोबाइल दुईथान र ल्यापटप सहित देबराज पक्राउ परेका हुन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट